दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

शपथ ग्रहण समारोहमा गज्जबको दृष्य : ओली अघि , प्रचण्ड पछि

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण समारोहमा निर्धारित समयभन्दा झण्डै ४५ मिनेट पछि मात्र सुरु भयो । राष्ट्रपति कार्यालयले सोमबार ११ बजेका लागि शपथको समय निर्धारण गरेको थियो। 

सांसद, विशिष्टकृत व्यक्तिलाई निर्धारित समयभन्दा आधा घण्टा अगाडि साढे १० बजे बोलाए पनि शपथ समारोह भने ११ः ४० बजे मात्र सुरु भएको थियो । प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथमा ईश्वरको नाममा यस पटक पनि ईश्वरको नाममा शपथ लिनुभएन ।उहाँले पहिला जस्तै देश र जनताका नाममा शपथ  लिनुभयो। 

राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण वाचन गर्दा ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु भन्दा प्रधानमन्त्री ओलीले देश र जनताका नाममा मात्र शपथ लिनुभएको हो ।शपथ समारोहमा प्रधानमन्त्रीका बुवा मोहनप्रसाद शर्मा पनि उपस्थिति हुनुहुन्थ्यो ।

यस्तै शपथ ग्रहण समारोहमा सहभागी हुँदा प्रधानमन्त्री ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगै देखिनुभएको थियो। 

उहाँहरु समारोह स्थलमा जाँदै गर्दा ओली अघिअघि र प्रचण्ड पछिपछि हिडेको दृश्य सबैको रुचि बन्यो  भने समारोहमा बस्दा पनि उहाँहरु सँगसँगै रहनु भएको थियो । दुई अघि गाली गर्ने प्रचण्डले प्रधानमन्त्री ओलीले शपथ लिइसकेपछि हात मिलाएका छन् । यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बधाई दिनुभयो ।

पिछडिएको सुदूरपश्चिमले सरकारमा दमदार सहभागिता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारमा यस पटक पिछडिएको भनिएको प्रदेश सुदूरपश्चिमले महत्त्वपूर्ण उपस्थिति भएको छ ।

सधैँ पछाडि पर्ने सूदुरपश्चिमले दमदार गृह, परराष्ट्र, पर्यटन र उद्योग मन्त्रालय पाएको छ । कैलाली निर्वाचन क्षेत्र बनाउनु भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी धर्मपत्नी समेत रहनु भएका आरजु राणा परराष्ट्र,  कञ्चनपुरबाट निर्वाचित रमेश लेखक गृहमन्त्री र बझाङबाट निर्वाचित बद्री पाण्डे र  बैतडीबाट निर्वाचित दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ  ।

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १ : १० बजे