दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद ( नाम र मन्त्रालय सहित)

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपहिरुको कार्यविभाजन गर्नु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्ति प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको सपथ ग्रहण लगैत उहाँले मन्त्रीहरुको कार्यविभाजन गर्नु भएको हो ।

नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति भवन शिलत निवासमा राष्ट्रपति पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।

एमालेका तर्फबाट भएका मन्त्री र जिम्मेवारी 

एमालेबाट उपप्रधान सहित अर्थमा बिष्णु पौडेल, सूचना तथा संचार प्रविधिमा पृथ्वी सुब्बा गुरुङ, रक्षामा मानवीर राई, भौतिक पूर्वाधार तथा यातायात देवेन्द्र दाहाल, शिक्षा, विज्ञान तथा प्रविधि विद्या भट्टराई, उद्योग, बाणिज्य तथा आपूर्तिमा दामोदार र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमा बलराम अधिकारी मन्त्रीमा नियुक्त हुनु भएको छ ।

कांग्रेस तर्फबाट भएका मन्त्री र जिम्मेवारी

यस्तै कांग्रेसबाट प्रकाशमान सिंह उपप्रधानमन्त्री शहरी विकास, रमेश लेखक गृह,  आरजु राणा परराष्ट्र, दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिचाई, प्रदीप पौडेल स्वास्थ तथा जनसंख्या, बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अजय चौरसिया कानून, न्याय तथा संसदीय मामिला, तेजुलाल चौधरी युवा तथा खेलकुद, रामनाथ अधिकारी कृषि पशुपंक्षी विकास र ऐनबहादुर शाही ठकुरी वन तथा वातावरणको जिम्मेवारी पाउनु भएको छ ।

सान दलबाट

यस्तै लोकतान्त्रिक समाजवादी (लोसपा) शरत सिंह भण्डारी श्रम तथा रोजगारी,जनता समाजवादी पार्टी (जसपा)का प्रदीप यादव खानेपानी तथा सरसफाई, नवलकिशोर यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त हुनु भएको छ ।

मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण समारोह अगाडि दुई उपप्रधानमन्त्री प्रकाश मानसिंह र विष्णुप्रसाद पौडेललाई राष्ट्रपति पौडेलले पद तथा गोपनियताको ग्रहण गराउनु भएको छ ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक आयोगका पदाधिकारी, सांसद, कुटनीतिक नियोगका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारीको उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १२ : २० बजे