दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

प्रधानमन्त्रीका रुपमा ओलीको चौथो शपथ, २२ सदस्य मन्त्रिपरिषद

​​​​​​​काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिनुभएको छ  ।

शीतल निवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो  ।

कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गर्नुभएको थियो  । कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ । प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा यो सहित ओलीको चौथो इन्ट्री हो ।

तीन वर्षअघि अर्थात् २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली पदमुक्त हुनु भएको थियाे । सोही परमादेशले देउवालाई पाँचौपटक प्रधानमन्त्री बनाएको थियो ।

एमालेबाट ८, कांग्रेसबाट १०, जसपाबाट दुई र लाेसपाबाट एक गरि २२ सदस्य मन्त्रिपरिषद गठन भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १२ : ०६ बजे