काठमाडौं। प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बन्ने सरकारमा एमालेबाट सहभागी हुने नाममा ट्ंगो लागेको छ। यस अघि चर्चामा आउनु भएका योगेश भट्टराई टिम बाट बाहिर हुन् भएको छ भने त्यसाको ठाउँमा सचिव पृथ्वी सुब्बा गुरुङ इन हुनु भएको छ। यस अघि योगेशको नाम सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा थियो । तर अब गुरुङले सो मन्त्रालयको जिम्मेवारी पाउने स्रोतले बतायो।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा बसेको शीर्षनेताहरुको बैठकले मन्त्रीहरुको टुंगो लगाएको हो । एमालेबाट उपप्रधान सहित अर्थमा बिष्णु पौडेल, सूचना तथा संचार प्रविधिमा पृथ्वी सुब्बा गुरुङको टुंगो लागेको छ । यस्तै रक्षामा मानवीर राई रक्षा मन्त्री, भौतिक पूर्वाधार तथा यातायातमा देवेन्द्र दाहाल, शिक्षा, विज्ञान तथा प्रविधि विद्या भट्टराई, उद्योगमा दामोदार र भूमिसुधारमा बलराम अधिकारी जाने टुंगो लागेको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले विहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुने छ । प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ पछि राष्ट्रपति पौडेलले मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराउनुहुने छ । हिजो राष्ट्रपति पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६(२) अनुसार नियुक्ति गर्नु भएको हो ।
प्रकाशित मिति : ३१ असार २०८१, सोमबार ९ : ५५ बजे
प्रतिक्रिया