काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिनुभएको छ ।
आइतबार साँझ पूर्व राष्ट्रपति भण्डारीको निजी निवास चपलीमा भएको भेटको क्रममा मुलुकको ४५ औँ प्रधानमन्त्री हुनुभएकोमा ओलीलाई बधाई दिनुभएको हो ।
प्रधानमन्त्रीओलीलाई पूर्व राष्ट्रपति भण्डारीले पुष्पगुच्छा दिएर बधाई दिनुभएको र राजनीतिक स्थिरता र मुलुकको विकासका लागि सफलतापूर्वक काम गर्न सुझाव समेत दिनुभएको पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव डा. भेषराज अधिकारीले चक्रपथलाई जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीको सपथ कार्यक्रम सोमबार बिहान ११ बजेका लागि तोकिएको छ ।
प्रकाशित मिति : ३० असार २०८१, आइतबार ९ : ५७ बजे
प्रतिक्रिया