दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

एमाले र कांग्रेसबीच मन्त्रालयमा भागबण्डा मिल्यो, कसलाई कुन–कुन मन्त्रालय ?

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्रालयका भागबण्डा टुंगिएको छ ।

सहमति अनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेको छ । एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।

त्यस्तै नेपाली कांग्रेसले गृह मन्त्रालयसहित परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने भएको हो ।

बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : १२ बजे