दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

प्रधानमन्त्री भए लगत्तै ओलीद्वारा ‘सबैलाई धन्यवाद’

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्ति भएलगतै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिनुभएको छ । सामाजिक सञ्जालमा छोटो स्टाटस लेखेर उहाँले आफूलाई प्रधानमन्त्री बन्ने खबरबारेको सकारात्म प्रतिक्रिया तथा समर्थनलाई लक्षित गर्दै धन्यवाद दिनुभएको हो ।  

ओलीले हात जोडेर नमस्कार गरेको तस्वीर राख्दै लेख्नु भएको छ, “सबैमा सम्मान । सबैलाई धन्यवाद !”

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई मुलुकको ४५ औँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । सोमबार बिहान ११ बजे ओलीले पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय छ ।  

कांग्रेसका ८८ सांसदसहित दुई तिहाईको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्रीको दाबी पेस गर्नुभएको थियो । एमाले(काँग्रेस गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ ।

वर्तमान सरकारमा २१ मन्त्रालयमध्ये सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ८ मन्त्रालय र काँग्रेसले ९ मन्त्रालय लिने सहमति बनेको छ । बाँकी मन्त्रालय साना दललाई दिने समझदारी बनेको छ ।

वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारको विकल्पको रूपमा केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने भएको छ ।  नयाँ सरकारले मुलुकको शासकीय स्वरूप र निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्ने भएको छ । 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ६ : ५३ बजे