दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मंगलबार कर्णाली प्रदेशमा सार्वजनिकबिदा

​​​​​​​सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयले आज सुचना जारी गर्दै बिदा दिने जनाएको छ ।

मन्त्रालयकाअनुसार साउन १ गते मंगलबार साउँने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिन लागेको हो ।

२०८१/०१/१७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो ।

उक्त बिदाका दिन कर्णाली प्रदेशभर रहेका सबै सरकारी तथा सार्वजनिक संघ सस्थाहरूमा सार्वजनिक बिदा हुने भएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ५ : ४१ बजे