राष्ट्रपति पौडेल कतारमा

यसकारण जनताले सधैँ सम्झन्छन् ओली 

काठमाडौँ । नेकपा (एमाले)का केपी शर्मा ओली मुलुककै ४५ औ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । 

उहाँले विगतमा गरेका कामहरू नेपाली जनताले सम्झने गरेका छन् । तीन पटक प्रधानमन्त्री हुँदा ओलीले जनताको मन छुने काम गर्नु भएकोले उहाँलाई सधैँ सम्झने गरेका छन्  । 

भूकम्पले थलिएको मुलुकलाई  होस वा संविधानको नाममा भारतले गरेको नाकाबन्दीलाई घुँडा टेकाउनेसम्म होस  त्यसमा ओली अडान सबैले  सम्झनलायक बिषय हुन् । भारतको एकाधिकार तोड्न चीनसँगको पारवहन सन्धि सम्झौतासम्मका काम गरेर उहाँले नेपाली जनताको विश्वास जित्नु भएको छ । 

प्रधानमन्त्री ओलीले अघिल्ला पटक प्रधानमन्त्री हुँदा राजा महेन्द्र, राजा वीरेन्द्र, बिपी कोइराला कसैले पनि गर्न नसकेको चीनसँग व्यापार तथा पारवहनका आधा दर्जन सम्झौतामा हस्ताक्षर गरेर भारतले कहिल्यै नाकाबन्दी लाउन नसक्ने स्थिति तयार पार्नुभयो । अब फेरि चौथो पटक प्रधानमन्त्री बनेर ओलीले त्यस्तै नेपाली जनतालाई सम्झन योग्य काम गर्नुहुने छ भन्ने विश्वास सबैले लिएका छन् । 

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला गरेका महत्वपूर्ण कामको विवरण

उहाँको अघिल्लो कार्यकालमा  राष्ट्रिय महत्वका  धेरै निर्णयहरू भएका छन । उहाँबाट भएका खासगरी तपशीलका कार्यलाई नेपालको इतिहासले शायद कहिल्यै भुल्ने छैन–

१) ते¥ह भन्दा बढी जातीय राज्य बनाउने घातक प्रयास केपीकै अडानका कारण असफल भइ  सातवटा गैरजातीय प्रदेशहरूमा सीमित भएको ।

२) प्रदेशको नामाकरण जातीय पहिचानका आधारमा हुन नदिने उहाँकै प्रयासका कारण प्रदेशका नामहरू सर्बस्वीकार्य बनाउन सफल भएको।

३) नेपाली राष्ट्रिय सेनालाई सात प्रदेशका आधारमा कमाण्ड खडा गरिएकोमा त्यसलाई खारेज गरि कोशी, उपत्यका, गण्डकी र कर्णाली कमाण्डको अवधारणामा ल्याएको। 

४) भारत भ्रमणका क्रममा तयार भएको परम्परागत संयुक्त बक्तब्य अस्वीकार गरि नेपाली राष्ट्रियता र सार्बभौमिक सर्बोच्चताका पक्षमा अडान राखेको।

५) नेपाली भूभागलाई समेटी पूर्ण नेपाली भूभागको नक्सा जारी गरेको ।

६) नाकाबन्दी र त्यस यताका कैयन घटनामा नेपालीत्वका  पक्षमा बारम्बार चट्टानी अडान राखेको । 

७) एनजिओ र आइएनजिओको अनियन्त्रित क्रियाकलापमाथी लगाम लाग्ने गरि नीतिगत ब्यबस्था गरेको ।

 ८) संविधान संशोधन गरि प्रादेशिक संरचना खारेज गर्ने र दुई तहको मात्र सरकार रहने ब्यबस्था गर्ने ।

९) जातीय आधारमा गरिएको समानुपातिक प्रणाली र आरक्षण ब्यबस्था खारेज गरि  पिछडिएको समुदायलाई माथि उठाउने बैकल्पिक ब्यबस्था गर्ने।

१०) धर्म निरपेक्षता खारेज गरि सनातन धर्ममैत्री सम्वैधानिक र कानूनी ब्यबस्था गर्ने।

११) धर्मान्तरणका बिरूद्ध कठोर कानूनी ब्यबस्था गर्ने ।

१२ ) पूजी पलायनलाई नियन्त्रण गर्न विशेष कानूनी र नीतिगत ब्यबस्था गर्ने ।

१३) युवाहरूलाई रोजगारी सिर्जना गरि स्वदेशमै गरिखाने ब्यबस्था सुनिश्चित गर्ने ।

१४) विद्यमान शिक्षा ब्यबस्थामा आमूल परिवर्तन गरि बैज्ञानिक र मौलिक शिक्षा प्रणाली सहितको पाठ्यक्रम लागू गराउने ।

१५ ) शिक्षा र स्वास्थ्य निःशुल्क गराउन विशेष निर्णय लिने।

१६) पानीका मुहान संरक्षण गर्ने र हरेक नदि तथा  खोलामा बाध निर्माण गरि पानी संरक्षणको निम्ति अभियान चलाउने । नदि र खोलाहरूमा भैरहेको अतिक्रमण बन्द गराउन कठोर कानून निर्माण गराउने।

१७) भ्रष्टाचारका हरेक प्रकरणमाथी अनुसन्धान गरि भ्रष्टाचारीलाई कानूनी कारबाहीको दायरामा ल्याउने । 
१८) चीन र भारतसङ्गको सम्बन्ध सुधार गरि भारतसङ्ग सीमासन्धी गर्ने ।

१९) कर्मचारीतन्त्रमा आमूल परिवर्तन गरि  प्रशासनलाई जनमुखी र कार्यमुखी बनाउने। त्यसनिम्ति तत्काल अवकाशप्राप्त कर्मचारीलाई एडभाइजरी भूमिका मात्र निर्बाह गर्न पाउने कानूनी ब्यबस्था गर्ने । 

गर्नुपर्ने काम धेरै छन, अहिलेलाई उल्लिखित कार्य मात्र गर्नसक्ने हो भने देशमा आशा जाग्ने परिस्थिति निर्माण हुनसक्ने बिश्वास गर्न सकिन्छ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ५ : ४० बजे