दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गृहसचिव र महानिरीक्षकले गर्नुभयाे सिमलताल क्षेत्रको स्थलगत अवलोकन

काठमाडौँ । गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सिमलतालमा गएको पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन गर्नुभएकाे छ ।

स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरज्यू लगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीज्यूहरू, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह-सचिवज्यू तथा वरिष्ठ प्रहरी अधिकृतज्यूहरूको उपस्थित रहनुभएकाे  थियाे ।

शुक्रबार बिहान गएको पहिरोले दुई यात्रुवाहक बस बगाएर बेपत्ता बनाएपछि अहिलेसम्म बस फेला पर्न सकेका छैनन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले त्रिशूली नदीमा खोजी कार्य जारी रहेको छ । दुवै बसमा रहेका ६५ यात्रु मध्ये तीन जना सकुशल रहे पनि ६२ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । अहिलेसम्म ६ जनाको शव भेटिएको छ ।   

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ५ : १९ बजे