दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमाले कार्यालयमा भीड, अध्यक्ष ओली भने आफ्नै निवासमा 

काठमाडौँ । एमाले  केन्द्रीय कार्यालय च्यासल  हिजो आज बिहे घर जस्तो चहल पहल बढेको छ।  मन्त्री पाउने र मन्त्री बनाइदिनेको चहल पहल पनि  निकै बढेको छ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुने भएपछि ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको यस्तो भीड लागेको हो  । 

नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली मुलुकको ४५ औ प्रधानमन्त्री बन्दै हुनुहुन्छ । संविधानको धारा ७६(२) अनुसार ओलीलाई आज पाँच बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुहुने छ । 

पार्टी अध्यक्ष ओलीले भक्तपुरस्थित बालबोटमा नै भेटघाट गरिरहनु भएको छ भने महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायत नेता पार्टी कार्यालयमा भेटघाट गरिहनु भएको छ । 
नेताहरु मन्त्री बन्नका लागि पार्टी महासचिव पोखरेललाई भेटेर लविङ गरिरहेका छन् । एकहप्तादेखि पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भिड देख्न सकिन्छ । 

कार्यालयका सचिव डा. भीष्म अधिकारीले पार्टी कार्यालयमा भीडभाड रहेको बताउनुभयो । “पार्टी अध्यक्षज्यू प्रधानमन्त्री बन्ने भएपछि पार्टी कार्यालयमा केही दिनदेखि भीडभाड रहेको छ” उहाँले भन्नुभयो, “नेता तथा कार्यकताहरु पार्टी कार्यालयमा आउने गरेका छन ।”
एमाले अध्यक्ष ओलीले भोलि मात्र प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिदै हुनुहुन्छ ।  आज नियुक्तसंगै उहाँ चारपटक प्रधानमन्त्री बन्नुहुने छ । 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ३ : ०८ बजे