यस्तो छ आजको विनिमय दर

थप २ हजार ८२८ जनामा संक्रमण पुष्टि, ५२ जनाको मृत्यु

काठमाडौं – ​​​​​​​ पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा ८ हजार ६ सय ८७ पीसीआर र ४ हजार ३ सय ३५ एन्टिजेन गरि कुल १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  ३ हजार ८२ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ६२ हजार १३७  रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  ५२ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल ८ हजार ५५८  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ४ : ५२ बजे