दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ओली प्रधानमन्त्री हुने भएपछि ‘भत भती’ पोल्यो माधवको मन 

काठमाडौँ।  संयोग पनि गजबको हुन्छ। त्यो संयोग अहिले नेकपा एसका  अध्यक्ष माधव नेपालको हकमा लागु भएको छ। वैशाख १७ गते एमाले अध्यक्ष  केपी शर्मा ओली तर्फ लक्षित गर्दै नेपालले भन्नु भएको थियो– म प्रधानमन्त्री बन्छु भनेर कसै कसैलाई भतभती पोलिरहेको छ। तर झन्डै दुई महिनापछि ओली प्रधानमन्त्री हुने भएपछि नेपालको आफ्नै मन पोलेको धेरैले टिप्पणी गर्ने गरेका छन् ।  त्यो बेला नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी  गर्नुभएको थियो ।

पार्टी निकट अखिल नेपाल महिला सङ्घ समाजवादीले वैशाख १७ गते  काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले  जसले जे भने पनि आफूहरूले समाज बदल्न भूमिका खेल्दै आएको जिकिर गर्नुभएको थियो  ।

‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरू पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ म भन्न चाहन्छु’, नेता नेपालले भन्नु भएको थियो। 

आफूहरूले समाज बदल्न र गणतन्त्र ल्याउनका लागि भूमिका खेलेको पनि उहाँको दाबी थियो  । ‘शान्ति प्रक्रियालाई अघि बढाउन भूमिका खेल्यौ । मुलुकमा निरङ्कुश शासन ढाल्नका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्यौ । जनतालाई न्याय दिलाउनका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्यौ । महिला अधिकारका लागि पनि भूमिका खेल्यौ’,  भन्दै नेता नेपालले जीवनकै स्वेतपत्र  जारी गरे झैँ बताउनु भएको थियो। 

त्यस बेला उहाँलाई प्रधानमन्त्री बन्न काँग्रेसबाट प्रस्ताव आएको भन्दै नेकपा एसका नेताहरु उत्साहित भएका थिए। उनीहरू सत्ता समीकरणमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई प्रधानमन्त्री हुन नदिएको भन्दै आलोचना गरेका थिए। वैशाख ८ देखि १७ सम्म त माधव नेपाल प्रधानमन्त्री बन्ने भन्दै उहाँका समर्थकले भुईँ नै छोडेका थिए । तर प्रधानमन्त्री मात्र होइन, पार्टीको अवस्था नै कुनामा पुगे जस्तो भएपछि अहिले धेरैले माधवको पोलेको मनमा कसरी पस्यो होला आइस भन्ने प्रश्न गरेका छन् । निकट नेताहरु भन्छन्  पहिले ओली लक्षित टिप्पणी ‘भतभती पोलेको मन’ अहिले नेपाल आफैमा लागु भएको छ । 

 

 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १ : ५३ बजे