दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँमा रगत सम्बन्धी सम्मेलन हुँदै 

​​​​​​​काठमाडौँ । यहीँ श्रावण ५ र ६ गते काठमाडौँमा रगत सम्बन्धी भव्य सम्मेलन हुने भएकाे छ । “ब्लड फर नेपाल सम्मेलन २०२४” ले गरिएको सम्मेलनको आयोजक ब्लड फर नेपाल हो । याे  संस्थाले विगत ६ वर्ष देखि रगत क्षेत्रमा काम गर्दै आइरहेको छ ।

ब्लड फर नेपाल सम्मेलन दुई दिवसीय कार्यक्रममा देशभरबाट यस संस्थामा आवद्ध रहेका एक सय बीस भन्दा बढी  सदस्यहरु यहाँ सहभागी हुने छन् भने ब्लड फर नेपालमा आबद्ध नभएकाहरुलाई  पनि केही शुल्क तिरी हरेक प्रदेशबाट  एक जना महिला र एक जना पुरुषलाई सहभागी गराइनेछ । 

कार्यक्रमको प्रथम दिन रगतकाे बारेमा विस्तृत रुपमा छलफल गराउनुको साथै नेतृत्व, व्यक्तित्व विकास, प्यानल छलफल लगायत कन्टेन बनाउने तालिमसँगै संस्कृति साँझ पनि आयोजना हुनेछ। जहाँ विभिन्न ठाउँबाट आएका सहभागीहरूले आ-आफ्नो कला तथा संस्कृति प्रदर्शन गर्ने  सम्मेलनका संयोजक अर्चना झाले बताउनुभयो ।

 वरिष्ठ सल्लाहाकार क्षितिज कार्की बताउनुहुन्छ,  ‘रगतका बारेमा विभिन्न किसिमका कार्यक्रम हुन जरुरी छ । यसका चर्चा परिचर्चा हुन जरुरी छ सोही कुरालाई ध्यानमा राखेर कार्यक्रम आयोजना गर्दैछौं । रगत हाम्रो लागि जीवनको महत्त्वपूर्ण हो र यसलाई प्रभावकारी रुपमा बुझ्न जरुरी छ ।’

 

 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १२ : ४९ बजे