दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भानु जन्मजयन्तीमा १३ छात्रछात्रा पुरस्कृत

महोत्तरी । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा १३ जना छात्रछात्रा पुरस्कृत भएका छन् ।

महोत्तरीको बर्दिबासमा बर्दिबास हेल्प फाउण्डेशनले बर्दिबास नगरपालिकाको सहयोगमा शनिबार आयोजना गरेको तेस्रो नगरस्तरीय अन्तर मावि कविता प्रतियोगितामा उनीहरू पुरस्कृत भएका हुन् ।

आदिकवि भानुभक्तको जीवनी, उत्प्रेरणा र रचना क्षेत्रमा उहाँको योगदानका विषयवस्तु समेटिएका कविता लेखन तथा वाचन प्रतियोगितामा प्रमिला श्रेष्ठ, प्रतिज्ञा बराल र अमिशा माझीले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरेका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु १५, १० र सात हजार नगद र कदरपत्र प्रदान गरिएको छ । यसैगरी १० जनालाई जनही एक–एक हजार नगद र कदरपत्र प्रदान गरिएको छ । साहित्य साधकहरु प्रल्लास सिन्धुलीय, माधव काफ्ले र मुकुन्द पौडेल सम्मिलित निणा{यक मण्डलले उत्कृष्ट रचना छनोट गरेको हो ।

त्यस अवसरमा राष्ट्रिय विभूतिहरूको सम्झनामा यस्ता काय{क्रम आयोजना गर्ने सामाजिक सङ्घसंस्थालाई निरन्तर सहयोग गरिने बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले बताउनुभयो ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ११ : ४१ बजे