‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भानु जयन्तीमा एभरेष्टको कविता प्रतियोगिता, रिजु अधिकारी प्रथम 

विराटनगर । २११ औं भानु जयन्तीको अवसरमा विराटनगर-५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले कविता प्रतियोगिता गरेको छ ।स्कुलका कक्षा ५ देखि १२ सम्मका ३० जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा कक्षा १० कि छात्रा रिजु अधिकारी ‘वर्तमान’ शिर्षकको कविता वाचन गर्दै प्रथम हुनुभयो । यस्तै कक्षा १२ का खिलराज ढकाल‘मलाई गर्व लाग्छ मेरो देश’ शिर्षकको कविता वाचन गरेर दित्तिय हुँदा १२ कै सुजल कोइराला ‘मैले नगरे कस्ले गर्ने’ शिर्षकको कविता वाचन गर्दै तृतीय हुनुभएको छ । यसैगरी कक्षा ५ कि छात्रा वेबिका पनेरू ‘हाम्रा भानु’ शिर्षकको कविता वाचन गर्दै सान्त्वना पुरस्कार जित्न सफल हुनुभएको छ । उहाँहरूले क्रमशस् दस हजार, सात हजार, पाँछ हजार र तीन हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्नु भएको छ ।

राष्ट्रियसभाका पूर्व सदस्य एवम् प्राज्ञ खेम नेपाली प्रमुख अतिथी रहेको कार्यक्रममा कविद्वय निर्मला कोइराला र मिनकुमार श्रेष्ठ नवोदित निर्णायकका रूपमा रहनुभएको थियो । 

कार्यक्रममा विद्यालयका प्रीन्सिपल टिकाराम पुरीले भानुभक्तले नेपाली भाषाको उत्थानमा सहयोग गरेको चर्चा गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथी नेपाली, निर्णायक निर्मला कोइराला, नेपाली शिक्षक खम्बसिंह नेपाल, भाईस प्रीन्सिपलद्वय नारायण कडरीया, टीएन भण्डारी लगायतले भानुभक्तको स्मरण गर्दै नेपाली साहित्य र भाषाका क्षेत्रमा गरेको योगदानको चर्चा गर्नुभयो ।   

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ७ : ०६ बजे