दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

असार ४ गते विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र

पर्वत ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले  आउँदो असार ४ गते शुक्रबार विश्वासको मत लिने भएका छन् ।

गत जेठ २९ मा निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि बहुमतसहित पोखरेलले मुख्यमन्त्रीको नियुक्ति पाएका थिए। संयुक्त गठबन्धनमा स्वतन्त्र एक सांसद दीपक मनाङेसहित ३१ सांसदको समर्थनले सरकार बनेको थियो।

संविधानको धारा १६८ ९५० अनुसार बनेको सरकारले उपधारा ६ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार नयाँ मुख्यमन्त्रीले विश्वासको मत लिने लागेका हुन् ।

विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा मंगलबार नै दर्ता भइसकेको छ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछि सांसद सङ्ख्या ५९ कायम भएको छ। मुख्यमन्त्री पोखरेलले सरकार जोगाउनको लागि अब ३० जना सांसदको विश्वास प्राप्त गरे पुग्नेछ। 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : ५९ बजे