दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अखिलको राहत र उद्धार टोली प्रस्थान

​​​​​​​काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोलीलाई आज विदाइ गर्नुभएको छ । 

पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा आज महासचिव पोखरेल र पार्टीका केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज खिमलाल भट्टराईले अनेरास्ववियुको टोलीलाई विदाइ गर्नुभएको हो । 

अनेरास्ववियुका अध्यक्ष ऐन महरको नेतृत्वमा रहेको टोलीमा ८ स्वास्थ्यकर्मीसमेत रहेका छन् । राहत तथा उद्धार टोलीले पीडÞितलाई वितरण गर्न चामल, तेल, त्रिपाल, टेण्ट पनि लिएर गएको छ ।  

मङ्गलबार राति अविरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजारमा डुबानका कारण सर्वसाधारण विस्थापित भएका छन् । महासचिव पोखरेलले एमालेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पीडितको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग पु¥याउन र आफ्नो संगठित शक्तिलाई परिचालित गर्न आह्वान गर्नुभयो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ३ : ४६ बजे