‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सिमलताल बस दुर्घटना : नारायणीमा एक पुरुषको शव फेला

चितवन । त्रिशूली नदीमा बेपत्ता भएको बस खोज्ने क्रममा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीबीचमा तैरिरहेको अवस्थामा एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । करिब ३०/३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको उहाँले बताउनुभयो । तर मृत भेटिएका व्यक्ति यात्रु हुन् वा होइनन् भन्ने खुल्न बाँकी रहेको छ ।

मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैंकको ऋषिपल साह नामको एटीएम कार्ड पनि भेटिएको छ ।

शुक्रबार चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोले दुई वटा गुडिरहेको बसलाई बगाएर त्रिशूलीमा डुबाउँदा ५० भन्दा बढी यात्रु बेपत्ता भएका छन् । बससहित उनीहरुको खोजी तथा उद्धार बिहानैदेखि गोताखोरसहितको प्रहरी टोली त्रिशूली र नारायणी नदी क्षेत्रमा खटिएका छन् ।

बेपत्ता बस र यात्रुको खोजी गर्न प्रहरीले चुम्बक र वाटर ड्रोन क्यामेरासमेत प्रयोग गरिरहेको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १२ : ३९ बजे