‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भानुजयन्तीका अवसरमा साहित्यकारद्वय राई र ठकुरी सम्मानित

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दुई सय ११औँ भानुजयन्तीका अवसरमा दुईजना साहित्यकारलाई सम्मान गर्नुभएको छ ।  

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा प्रा डा नोवलकिशोर राई र माया ठकुरीलाई सम्मान गरिएको हो । नेपाली साहित्यमा विशिष्ट योगदान गरेबापत उहाँहरुलाई सम्मान गरिएको हो । उहाँहरुलाई बग्गीमा राखेर नगर परिक्रमा गराइको थियो ।

त्यसअघि प्रज्ञा–प्र्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्त आर्चायको प्रतिमामा माल्र्यापण गरिएको थियो । 

भानुजयन्ती कै अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, नेपाल स्काउट र विभिन्न विद्यालयका विद्यार्थी, साहित्यकार, बुद्धिजीवीको सहभागितामा प्रज्ञा भवनबाट शोभायात्रा आयोजना गरिएको थियो । 

उक्त शोभायात्रा बागबजार–रत्नपार्क–शान्तिवाटिका–दरबार हाईस्कुलस्थित भानुभक्तकोप्रतिस्थल हुँदै पुनःप्रज्ञा भवन पुगेर सभामा परिणत भएको थियो । 
 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ११ : ५९ बजे