दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आइतबार ओली प्रधानमन्त्री बन्दै

काठमाडौँ । नेपालको आगामी प्रधानमन्त्रीको नियुक्ति आइतबार मात्रै हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री नियुक्ति आइतबार गर्ने र सोही दिन सपथ कार्यक्रम आयोजना गर्ने तय भएको जनाएको छ । 

यसअघि शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलेले  संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्नआह्वान गर्नुभएको थियो । लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दुई तिहाई सांसदको समर्थनसहित ओलीलाई प्रधानमन्त्री बनाउने गरी दाबी पेस गर्न शीतल निवास पुग्नुभएको थियो । 

संविधानको धारा ७६(२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ।  भेटका क्रममा ओली-देउवालाई राष्ट्रपति पौडेलले उपयुक्त समयमा संविधान अनुसार प्रधानमन्त्री नियुक्तिको काम गर्ने आश्वासन दिनुभएको छ। 

आइतबार  प्रधानमन्त्री नियुक्तिसँगै तीन देखि पाँच सदस्यीय मन्त्रिमण्डल पनि गठन गर्ने एमाले-काँग्रेस गठबन्धनको तयारी छ । 
 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : ३२ बजे