दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नयाँ सरकार गठनका लागि कांग्रेस-एमालेले आजै दाबी पेस गर्ने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले आजै सरकार गठनका लागि दाबी पेश गर्ने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० आइतबार साँझ ५ बजेसम्मका लागि दाबी पेश गर्ने समय दिनुभएकाे छ । संविधानको धारा ७६ (२) अनुरुप दाबी पेशका लागि राष्ट्रपतिले आह्वान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन दुई दलले दाबी पेश गर्न लागेका हुन् ।

अहिले सवा ९ बजे राष्ट्रपति कार्यालय शीतल निवास सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गरिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : ०३ बजे