दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रपतिबाट ७६ (२) अनुसार सरकार गठनको आह्वान, ओली प्रधानमन्त्री बन्ने निश्चित

​​​​​​​काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।  नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति पौडेलले आह्वान गर्नुभएको हो । प्रधानमन्त्रीमा दाबी गर्नको लागिआइतबार साँझ ५ बजेसम्मको समय दिइएको छ । 

संविधानको धारा ७६(२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ।  

यो आह्वान अघि राष्ट्रपति पौडेलले शुक्रबार नै कानुनविद्‍हरूसँग यसबारे गहन छलफल गर्नुभएको थियो । लगत्तै राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्न विज्ञप्तिमार्फत आह्वान गर्नुभएको हो । 

यो सँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । यसअघि माओवादीले संविधानको धारा ७६ (३) अनुसार नयाँ सरकार गठन हुने भन्दै अन्योल फैलाए पनि सो सफल हुन सकेन । 

नेकपा एमाले र नेपाली काँग्रेसबीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो  । अब बन्ने सरकारले मुलुकको शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे संविधान संशोधन गर्ने छ । 

 

 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : ३४ बजे