साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमाले केन्द्रीय कमिटि निर्णय : स्पष्टीकरण सोधिएका सांसदलाई कारवाही गर्ने जिम्मा स्थायी कमिटीलाई 

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका २७ जना सांसदहरुलाई  कस्तो कारवाही गर्ने भन्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठकले स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको हो ।  

एमालेले माधव नेपाल, झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोधेको थियो । तीमध्ये कर्णालीमा फ्लोरक्रस गर्ने ४ जनालाई पार्टी र संसद सदस्यबाट निष्कासन गर्ने निर्णय भएको छ । 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : ३८ बजे