दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सरकारमा गएर गरेका कामप्रति हामी आफै सन्तुष्ट छैनौँ : रवि लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूले सरकारमा गरेको कमप्रति आफुहरुनै सन्तुष्ट नरहेको बताउनुभएकाे छ ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रास्वपाका सभापतिसमेत रहेका लामिछानेले सरकारमा गएर  सोंचे जस्तो काम गर्न नसकेको स्वीकार गर्नुभएकाे छ ।

उहाँले सरकारमा गएपछि आफू सहकारी ठगको रूपमा विरोध खेपेको र चौतर्फी घेराबन्दीका बीच आफूहरूले राम्रो काम गरेको दाबी गर्नुभएकाे  छ । 

लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफूहरूले  त्यसलाई समर्थन गर्न नसकेको बताउँदै दुई दल ठुला दल एक ठाउँमा आउँदा शक्तिपृथकीकरणमा सङ्कट आउन सक्नेमा आफूहरूको चिन्ता रहेको बताउनुभयो ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : २३ बजे