दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

‘देशको आर्थिक अवस्था सुधार भएको छ’

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  देशको आर्थिक अवस्था क्रमशः सोधारोन्मुख भएको बताउनुभएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उहाँले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारी सृजना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार हुँदै गएको बताउनुभयो । 

प्रधानमन्त्री दाहालले नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितको रक्षालगायत सबै जिम्मेवारीमा सरकार आम जनताले देखिने र बुझिने गरी राम्रो अङ्कका साथ उत्तीर्ण भएका स्पष्ट पार्नुभयो । सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा बनेका कैयौँ मानकहरू त्यही अग्रसरताका परिणाम भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद्, प्रशासनिक समन्वय परिषद् तथा विषयगत समितिहरूलाई सक्रिय बनाइएको बताउनुभयो ।

उहाँले देश आर्थिक सङ्कटबाट धेरै बाहिर आएको स्पष्ट पार्नुभयो । “मैले तथ्याङ्कमै भनें, हाम्रा सबैजसो आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन् । त्यसैले हाम्रो अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम रहनेछैन,” प्रधानमन्त्रीले भन्नुभयो, “बजेट निर्माण प्रक्रियालाई समावेशी, वैज्ञानिक र वस्तुपरक बनाउन मैले निकै प्रयास गरेँ । डेढ वर्षको अवधिमा प्राप्त यो उपलब्धि सानो होइन । म भन्न सक्छु, देश अब आर्थिक सङ्कटको डिलबाट धेरै बाहिर आइसकेको छ ।” 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : १० बजे