काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब उथलपुथलले काम नगर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै सांसद भट्टराईले अब प्रचण्डको उथलपुथलले काम नगर्ने बताउनुभएको हो ।
उहाँले अब प्रधानमन्त्री प्रचण्डलाई आफ्नो समिक्षा गर्ने अवसर कांग्रेस र एमालेले सुनौलो अवसर दिएको बताउनुभयो । प्रचण्डबाट आफुहरुले संयमताको अपेक्षा गरेको बताउदै गम्भीर समिक्षा गर्न आग्रह गर्नुभएको छ ।
सांसद भट्टराईले राजनीतिक स्थायित्व दिन सहमति गरेको स्पष्ट गनुृहुँदै ठुला शक्तिहरुमा मेलमिलाप हुँदा देशलाई ठुलो उपलब्धि हुने बताउनुभयो ।
प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार २ : ५० बजे
प्रतिक्रिया