देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

श्रीलंकाका टी-२० कप्तानबाट हसरंगाको राजीनामा

काठमाडौँ । श्रीलङ्काली क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगाले अप्रत्याशित रूपमा आफ्नो पदबाट राजीनामा दिएका छन् । टोलीको कप्तानबाट राजीनामा दिए पनि उनी खेलाडीको भूमिकामा भने सक्रिय रहने श्रीलङ्काली क्रिकेट बोर्डले जनाएको छ ।

‘टी–२० टोलीका कप्तान वानिन्दु हसरंगाले पदबाट राजीनामा दिनुभएको छ । उहाँ खेलाडीको भूमिकामा भने सक्रिय रहनु हुनेछ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यसै महिना भारतीय टोली श्रीलङ्का भ्रमणमा जाँदै छ । त्यसअघि नै हसरंगाले कप्तान पद छाडेका हुन् ।

हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा श्रीलङ्काको प्रदर्शन निराशाजनक थियो । श्रीलङ्काली टोली विश्वकपको समूहगत चरणबाटै बाहिरिएको थियो । विश्वकपमा पनि श्रीलङ्काली टोलीको कप्तान हसरंगा नै थिए । ‘एउटा खेलाडीका रूपमा श्रीलङ्कालाई महत्त्वपूर्ण उपलब्धि दिलाउन मेरो भूमिका कायमै रहने छ,’ हसरंगाले राजीनामा पत्रमा भनेका छन् ।  

यसअघि हसरंगा निलम्बित भएका दुई खेलमा उनले श्रीलंकाको कप्तानी निर्वाह गरेका थिए।

श्रीलंकाको अर्को टी-२० सिरिज यस महिनाको अन्त्यमा भारत विरुद्धको तीन खेलको सिरिज हो। 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १ : ३६ बजे