अझै फेला परेनन् बेपत्ता दुई यात्रुबाहक बस, खोजी कार्य जारी

चितवन । त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुबाहक बस अझै भेटिएका छैनन् । पहिरोको कारण तत्काल खोजी र उद्धार हुन नसकेपनि अहिले घटनासथलमा  सशस्त्र प्रहरी बलको टोली परिचालित भइसकेको छ । 
सशस्त्रको कोताखोर टोली नदीभित्र छिरेर बसको खोजी गरिरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उद्धार टोली डुबेको बसको अवस्था शुक्रवार बिहान करिब ८ बजेसम्म फेला पार्न नसकेको उहाँले बताउनुभयाे ।

अविरल वर्षासँगै आएको पहिरोले शुक्रवार बिहान दामो दूरीमा चल्ने दुईवटा गाडी बगाएको छ । पर्साको वीरगञ्जबाट काठमाडौं आउँदै गरेको माइक्रो बस (विङर गाडी) र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस बगेर त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।

गौरबाट आउँदै गरेको बसमा करिब ४०–४२ जना तथा वीरगञ्जबाट आउँदै गरेको माइक्रोमा २०–२१ जना यात्रु सवार थिए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : ४५ बजे