‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिनुहुँदै, दाहालको पक्षमा ६३ मत

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै हुनुहुन्छ ।

विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी भएपछी एमालेले समर्थन फिर्ता लिएको थियो ।

शुक्रवार पाँचौँ पटक विश्वासको मत लिन लाग्नुभएको प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ चरम अल्पमतमा हुनुहुन्छ । 

प्रधानमन्त्री दाहालको विपक्षीमा काग्रेंसका ८८, एमालेका ७८(सभामुख र निलम्बित १ बाहेक), राप्रपा १४, जनता समाजवादी नेपालका ७, लोकतान्त्रिक समाजवादीका ३ सांसद र नागरिक उन्मिुक्तीका ४, जनमतका ५ सांसद्लेरले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

दाहालको पक्षमा अहिलेसम्म उहाँको आफ्नै पार्टी माओवादी केन्द्रका ३२, नेकपा एसका १० र राष्ट्रिय स्वतन्त्र पार्टीका २१ गरी ६३ सांसद्को मात्र समर्थन जुट्ने देखिन्छ । 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : १८ बजे