साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

काठमाडौं ।  उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ। आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १–० गोलअन्तरले उरुग्वेलाई पराजित गरेको हो।  

जेफरसन लेर्माले ३९ औं मिनेटमा गोल गर्दै कोलम्बियालाई सुरूवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्ज्युरी समयमा ड्यानियल म्युनेज दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि  कोलम्बिया दोस्रो हाफअघि नै १० खेलाडीमा सिमित भएको थियो।

कोलम्बियाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई २–१ गोलले हराएको थियो । कोलम्बियाले दोस्रो खेलमा कोस्टा रिकालाई ३–० गोलले पराजित गरेको थियो । तेस्रो खेलमा भने कोलम्बियाले बलियो प्रतिद्वन्द्वी ब्राजिललाई १–१ गोलको बराबरीमा रोकेको थियो । समूहगत चरणमा कोलम्बियाले ६ गोल गरेको थियो भने केवल दुई गोल खाएको थियो । 

कोलम्बियाले हालसम्म एकपटक मात्र कोपा–अमेरिकाको उपाधि चुमेको छ। कोलम्बियाले सन् २००१ मा कोपा–अमेरिकाको उपाधि हात पारेको थियो। 

 दोस्रो सेमिफाइनलको विजेता कोलम्बियाले अब फाइनलमा पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  २ : १५ बजे