साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

​​​​​​​मोरङ  – सात वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा-२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मोहमदले दुई जना बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : १२ बजे