दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताउनुभएकाे छ । 

बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताउनुभएकाे  छ । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताउनुभएकाे छ । 

ढकालले आफूलाई गरेको कारबाही नियम संगत नभएको भन्दै आफू अहिले पनि पार्टीको महामन्त्री रहेको दाबी गर्नुभएकाे छ ।

उहाँले आफूले पार्टीभित्र आर्थिक पारदर्शीता नभएको भन्दै रास्वपाको आर्थिक पाटो उपसभापति डिपी अर्यालले हेर्ने गरेको बताउनुभयाे ।  उहाँले कतिपय प्रकरणमा उपसभापति अर्यालले पार्टीको नाममा आएको रकम व्यक्तिगत रुपमा चलाएको आरोप लगाउनुभएकाे छ ।

आफूले आर्थिक पारदर्शिता गर्नुपर्ने कुरा उठाउँदा सभापति लामिछानेले आर्थिक कुराको चिन्ता नलिन भनेको बताउनुभयाे । 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : ५६ बजे