‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आकर्षक छुटसहित प्रज्ञा-प्रतिष्ठानका पुस्तकको प्रदर्शनी सुरु

​​​​​​​काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ४१ओैँ प्राज्ञसभाको सन्दर्भमा आइतबार रिबन काटेर पुस्तक प्रदर्शनीको समुद्घाटन गर्नुभएको थियो।

पुस्तक प्रदर्शनीमा नेपाली  भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र  र समाजशास्त्र आदिका पुस्तकहरू बिक्रीको लागि  राखिएको छ। प्रदर्शनीको मुख्य लक्ष्य भनेको  प्रज्ञाका पुस्तकहरू पाठकसमक्ष पुर्‍याउँदै पठन संस्कृतिको विकासमा टेवा पुर्‍याउने रहेको छ ।

सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान भन्ने उद्घोषका साथ सुरु भएको उक्त प्रदर्शनीमा प्रज्ञा-प्रतिष्ठानका महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तकहरू प्रदर्शनीमा राखिएको  छ । हिमाल, पहाड, मधेस-तराईका विभिन्न संस्कार र संस्कृति,   विभिन्न भाषाका कोशहरू प्रदर्शनी स्थलमा राखिएका छन्।

प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू६०५ छुट र २०७१ सालयता देखि प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष  ४० ५को छुट दिइएको छ । यही असार २३ गतेबाट सुरु भएको पुस्तक प्रदर्शनी साउन ५ गतेसम्म रहनेछ । 

प्रदर्शनीमा पुनस् प्रकाशन भएका अमरकोश,नेपाली साहित्यकोश,कौटिल्यको अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नै उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्य शास्त्र पेरी पोइएतिकेसु आदिका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ।​​​​​​​

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  २ : ५९ बजे