दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रचण्डको विपक्षमा मतदान गर्न एमाले सांसद्लाई ह्विप

काठमाडौँ, । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’र्को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्पि जारी गरेको छ । 
एमाले संसदीय दल प्रमुख सचेतक महेश वर्तौलाले यहि असार २८ गते बस्ने प्रतिनिधि सभाको वैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री दाहालले विश्वासका मत लागि राख्नु भएको प्रस्तावको विपक्षमा मतदान गर्न ह्पि जारी गरेको गर्नुभएको हो  । 
एमाले र नेपाली कांग्रेसको गठबन्धनको नयाँ सरकार बन्ने भएपछि एमाले प्रचण्ड सरकारबाट बाहिरिएको छ । एमालेसहित जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतले प्रचण्ड सरकारलाई दिएको समर्थन  फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । 
प्रधानमन्त्री प्रचण्डले पर्सि शुक्रबार विश्वासको मत लिदै हुनुहुन्छ । 
 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १ : १९ बजे