दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । 

सत्ताबाट बाहिरिने क्रममा रहेको माओवादी केन्द्रले आज अपराहन्न २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

काँग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सत्ताबाट बाहिरिने अवस्था बनेपछि माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाइएको छ ।

स्पष्ट अल्पमतमा परेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएकाे छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १२ : २८ बजे