‘नेशनल डे कन्सर्ट’ सम्पन्न

तीजका मौलिक गीत गाउन कलाकारलाई आग्रह

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले मौलिकतामा आधारित तीजका गीत गाउन कलाकारलाई आग्रह गरेको छ । पछिल्लो समय केही कलाकारले अपाच्य खालका शब्दको प्रयोग गरी तीजका गीत बजारमा ल्याउनाले विकृति, विसङ्गति बढेकाले शब्दमा विशेष ख्याल राख्न  अनुरोध गरिएको छ ।

     प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र विकृति, विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमाल द्वारा हस्ताक्षरित अपिलपत्रमा शब्दका आधारमा पछि निर्माण हुने भिडियोले दर्शकस्रोतामा झनै असर पु¥याउने भएकाले अश्लील गीत सिर्जना गर्ने कलाकारलाई  नरुचाइने जनाइएको छ ।   

प्रतिष्ठानका अध्यक्ष बिजीले तीजका गीतले व्यावसायिक सफलता हासिल गर्नु सुखद् हो भन्दै निरन्तर मौलिक सिर्जना पस्कने कलाकारलाई दर्शकस्रोताले सधैँ माया गरिरहेको बताउनुभयो । 

रासस

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : २२ बजे