साफ यू–१७ च्याम्पियनसिप आजदेखि

फ्लोर क्रस गर्ने कर्णालीका चार सांसदको पद रिक्त गराउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले कर्णालीका चार प्रदेश सांसदलाई कारबाही गरेको छ ।

केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बिहीबार बालुवाटारमा बसेको बैठकले माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो ।

त्यस्तै कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर पछि मत सच्याएकी देवी ओलीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय भएको बताइन्छ । 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : २५ बजे