टेङ्गा खोलाको बाँध फुटी बस्तीमा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८ गोईसारमा अविरल वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी बस्तीमा पसेको छ ।

बस्तीमा खोला पसेपछि जोखिम रहेका घरपरिवारलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको टोलीले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ ।

लगातारको वर्षाले खोलाहरुको बहाव बढेकाले किनारमा रहेका स्थानीयलाई सुरक्षित र सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ९ : ०६ बजे