घट्दै डेङ्गु सङ्क्रमण

आज फाल्गुनन्द जयन्ती

नरहाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्दा दायर

काठमाडौँ । सिराहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र लेखापाल सुरेश कुमार कुसियैतले औषधि खरिद गर्दा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

अख्तियारले झा र कुसियैतलाई जनही ६ लाख २० हजारको बिगो तोकेर मुद्दा दायर गरेको छ ।

अख्तियारले भनेको छ- 'गाउँ कार्यपालिकाको कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको जम्मा ५७ प्रकारका औषधिजन्य मालसामानहरूको नियम विपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन विना नै आपूर्तिकर्ताले पेस गरेको बिल बमोजिमकै सम्पूर्ण रकम आपूर्तिकर्तालाई भुक्तानी गरी ५७ प्रकारका औषधिजन्य मालसामानहरू मध्येबाट रु.६,२०,०९६।- बराबरका औषधिजन्य मालसामानहरू वितरण नगरी/नगराई औषधिजन्य मालसामानहरू हानि नोक्सानी गरे/गराएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा रु.६,२०,०९६।- (छ लाख बिस हजार छयानब्बे रुपैयाँ) बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।' close

 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ५ : ०२ बजे