काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।
पार्टीको जारी केन्द्रीय समिति बैठकले ढकालको महामन्त्रीसँगै पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको पद पनि खोसेको हो । ढकाल अब रास्वपाका साधारण सदस्य मात्र रहने हुनुभएको छ ।
अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको छ ।
प्रकाशित मिति : २५ असार २०८१, मंगलबार १२ : ४९ बजे
प्रतिक्रिया