काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबार सुनको मूल्य तोलामा ९ सयले घटेर तोलाको १ लाख ४४ हजार एक सयमा कारोबार भएको छ ।
यस अघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ घटेर १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २५ असार २०८१, मंगलबार ११ : १४ बजे
प्रतिक्रिया