‘नेशनल डे कन्सर्ट’ सम्पन्न

इतिहास लेखन र अनुसन्धानमा ज्ञानमणि नेपालको चर्चा

काठमाडौँ । मूर्धन्य इतिहासकार ज्ञानमणि नेपालको स्मृतिमा नेपाल प्रज्ञा–प्रतिष्ठानले ’इतिहास तथा वाड्मयको अनुसन्धानमा ज्ञानमणि नेपालको योगदान’ विषयक विचार–गोष्ठीको आयोजना ग¥यो । सो कार्यक्रमा कार्यपत्र डा. शैलेन्दुप्रकाश नेपालले प्रस्तुत गर्नुभएको थियो । प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गोष्ठीको समुद्घाटन गर्नुभएको थियोे । उहाँले ज्ञानमणि नेपाललाई इतिहास र वाङ्मय क्षेत्रको प्रामाणिक उत्खनन गर्ने एक विशिष्ट सर्जकको रूपमा अङ्कित गर्नुभएको थियोे ।
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ’विमलनिभा’ले इतिहास जो सुकैले लेख्न र बुझ्न कठिन भएको बताउँदै ज्ञानमणि नेपालले इतिहासको सत्यतामा आधारित भएर गहन अनुसन्धान गर्नुभएको बारे चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै इतिहासको अध्ययन र अनुसन्धानका क्षेत्रमा एक प्रेरक व्यक्तिको रूपमा ज्ञानमणि नेपालले पुर्याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो  ।
गोष्ठीका सभाध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ–परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा.कौशिकी रिसालले इतिहासविद् ज्ञानमणि नेपाललाई खरो र निडर व्यक्तित्वको रूपमा लिन सकिने बताउँदै उहाँले सत्य र तथ्य एवम् इतिहास र वाङ्मयका प्रामाणिक अनुसन्धाता रहेको उल्लेख गर्नुभयो ।
गोष्ठीमा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले इतिहास लेखनमा देखिएका त्रुटिहरूलाई आधिकारिकता पुष्टि हुने खालका अनुसन्धान र प्रामाणिक स्रोतहरूको उत्खनन गर्नमा ऐतिहासिक योगदान ज्ञानमणि नेपालको रहेको बताउनु भयो  ।
गोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य दिनेशराज पन्तले इतिहासविद् ज्ञानमणि नेपालले स्वार्थरहित ढङ्गले सत्य र तथ्यपरक इतिहास लेखन र अनुसन्धानमा विशेष योगदान पु¥याउनु भएको बताउनुभयो  ।
गोष्ठीमा इतिहासविद् तथा प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य प्राडा त्रिरत्न मानन्धरले ज्ञानमणि नेपालले इतिहास लेखन र अनुसन्धानमा अतुलनीय योगदान गरेको बताउनु भयो  ।
गोष्ठीमा एकमणि नेपालले आफ्ना सहोदर दाजु ज्ञानमणिको इतिहासमा गहिरो अध्ययन रहेको बताउँदै उहाँको व्यक्तित्व र कृतित्वलाई अझै प्रकाशमा ल्याउनुपर्ने जोड दिनुभयो । गोष्ठीमा सहभागीका तर्फबाट कार्यपत्रमाथि डा.गोविन्दमान सिंह कार्की र मेघराज ढकालले आआफ्नो जिज्ञासा राख्नुभएको थियोे ।उक्त गोष्ठीको सञ्चालन प्रज्ञा–प्रतिष्ठान सामाजिकशास्त्र विभागका सदस्य तथा योगविद् डा.टीपी धमलाले गर्नुभएको थियोे ।
 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १० : ४९ बजे