दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

 बलेनले सामाजिक सञ्जाल प्रयोग गरि महानगरमा भ्रष्टाचार गरेको बडालको आरोप 

काठमाडौँ, । अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरका मेयर बालेन साहले  विद्यालयमा दिवा खाजामा करोडौँ भ्रष्टाचार गरेको दाबी गरेको आरोप लगाएका छन् । उनले मेयर साहको सचिवालयबाट सामाजिक सञ्जाल प्रयोग गरेर प्रचार गर्ने र आलोचकको त्यसै मार्फत तेजो बोध गर्ने गरेको आरोप लगाएका छन् । 

बडालले  सामाजिक सञ्जालमा मेयर बालेन साहले आफ्ना सल्लाहकार कुमार वेनमार्फत  काठमाडौं महानगर भित्रका सबै विद्यालयमा दिवा खाजाको ठेक्का खुला टेन्डर नगरी आफू निकटका हनुमानलाई दिलाएर करोडौँ रुपियाँ कुम्लाएको बताएका छन् । 

सल्लाहकार कुमार बेनले खरिद ऐन विपरीत टेन्डर आह्वान नगरी महानगरका ठेक्काबाट मेयर बालेन लागि कमिसन उठाउने गरेको उनको आरोप रहेको छ । 

यस्तै मेयर बालेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरका फुटपाथमा बिच्छ्याउँने टायलमा भ्रष्टाचार गरेको भन्दै पत्र काटेको छ । 

टायलमा सल्लाहकार कुमार बेनले घोटाला गरेपछि अख्तियारले बालनेलाई पुर्जी काटेको हो । “बालेनले अख्तियारले काटेको पुर्जी बुझ्न मानेका छैनन । बरु अर्काेदिन अख्तियारका विरुद्ध बालेन र उनका सल्लाहकार समेतले  फेसबुक पेजबाट  विरोधमा स्ट्याटस  आउन सक्छ  । बालेन भनेपछि कसैले विरोध गर्न सक्दैन भनेर यिनीहरू आफ्ना अवैध धन्दाहरू चलाइरहेका छन् ।” बडालले सामाजिक सञ्जालमा लेखेका  छन्  । 

बालनेका सल्लाहकार कुमार बेनले महानगरमा वार्षिक बजेट अनुरूप काम नभएको कुरालाई विषयान्तर गर्न फेसबुकमा बालेन अन्य विरुद्ध आगो ओकल्ने गरेको अध्यक्ष बडालले बताएका छन् ।  “बालेनतिर उठेका प्रश्न अरूतिर झोस्न यी कुमार बेन आफूले चलाएका फेसबुक पेज मार्फत निकृष्ट गाली र फेक खबरहरू फैलाउँछन् । ट्रेल नेपाल, मिम नेपाल र ठग लाइफ नेपाल लगायत यिनका दर्जनौँ फेसबुक पेजहरू छन् । ती पेजहरूमा काम गर्नेहरूलाई लाग्ने खर्च बालेनको सचिवालयको आन्तरिक खर्चबाट मिलाउँछन् । त्यसैले बालेनको सचिवालयको दैनिक खाजा खर्च नै एक लाख रुपैयाँ छ,” अखिल अध्यक्ष बडालले लेखेका  छन्  ।

मेयर वालेनका सल्लाहकार कुमार बेनको काम आफूले चलाएका दर्जनौँ फेसबुक पेजहरू मार्फत बालेनप्रति आउन सक्ने गुनासोलाई अरु विरुद्ध घृणाको रूपमा फैलाउने  काम गर्ने गरेको उनको भनाई रहेको छ । 

स्थानीय तहको निर्वाचन अघि अन्तर्वार्तामा मेयर वालेनले महानगरले इन्फ्रास्ट्रक्चर एम्बुलेन्सको व्यवस्था गर्छ र सडकमा खाल्डो पर्नासाथ त्यसले गएर खाल्डा पुर्छ भन्ने गरे पनि व्यवहारमा नदेखाएको अध्यक्ष बडालको आरोप रहेको छ । 

 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १० : २२ बजे