काठमाडौं । युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा रुसले मिसाइल आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। सोमबार दिउँसो राजधानी किभमा रूसी मिसाइल आक्रमण हुँदा २७ जनाको मृत्यु राजधानीमा भएको थियो। आक्रमणबाट १७० जना भन्दा बढी घाइते भएका छन्।
मिसाइल आक्रमणले सात वटा जिल्लामा क्षति पुर्याएको बताइएकाे छ। आक्रमणबाट एक सय भन्दा बढी घरहरू भत्किएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा लेख्नुभएकाे छ ।
यो आक्रमणसँगै युक्रेनले आफ्नो एयर डिफेन्समा सुधार ल्याउनुपर्ने जनाएको छ। युक्रेनको एयर डिफेन्सले ३८ मध्ये ३० वटा मिसाइल खसाएको एयर फोर्सले बताएको छ।
प्रकाशित मिति : २५ असार २०८१, मंगलबार ८ : ५६ बजे
प्रतिक्रिया