साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

युरो कप : फाइनलमा पुग्न फ्रान्स र स्पेन भिड्दै

काठमाडौँ । युरो कप २०२४ फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । फाइनल पुग्नका लागि फ्रान्स र स्पेन भिड्दैछन् ।

दुई टोलीबीचको खेल नेपाली समयानुसार मध्यरातमा १२ः४५ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

यसैगरी फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

दुई टोलीबीच हालसम्म ३६ खेलहरु भएका छन् । जसमा स्पेनले १६ खेल जितेको छ भने फ्रान्सले १३ खेल जितेको छ । ७ खेल बराबरी भएका छन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : ५८ बजे