दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बालेनमाथि समिक बडालको आरोपै आरोप

​​​​​​​काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहमाथि गम्भीर आरोप लागेको छ । मुलुकका शीर्ष नेताहरुलाई सामाजकि सञ्जालबाट वचनवाण प्रहार गर्दै आउनुभएका बालेनलाई अनेरास्ववियुका अध्यक्ष समिक बडालले विद्यालयको दिवा खाजामा करोडौँ रकम भ्रष्टाचार गरेको आरोप लगाउनु भएको हो । 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बडालले बालेनले शक्तिको आडमा अनियमितता गरेको आरोप लगाउनु भयो । मेयर बालेनले आफ्ना सल्लाहकार कुमार बेनमार्फत काठमाडौं महानगरभित्रका सबै विद्यालयमा दिवा खाजाको टेण्डर नै आह्वान नगरी आफू निकटकालाई दिलाएर करोडौँ भ्रष्टाचार गरेको बडालको आरोप छ । 

बेनले खरिद ऐन विपरीत टेण्डर आह्वान नगरी महानगरका ठेक्काबाट मेयर वालेन लागि कमिसन उठाउने गरेको उहाँको आरोप छ ।  बडालले लेख्नुभएको छ, 'काठमाडौं महानगर भित्रका सबै विद्यालयमा दिवा खाजाको ठेक्का खुला टेण्डर नगरी आफू निकटका हनुमानलाई दिलाएका छन् । त्यसबाट करोडौं जम्मा गरेका छन् । महानगरका फुटपाठमा बिच्छ्याउँने टायलमा पनि कुमार बेनले घोटाला गरेको भनेर अख्तियारले बालनेलाई पूर्जी काटेको छ । तर उनीहरुले पूर्जी बुझ्न मानेका छैनन् । बरु अर्को दिन अख्तियारका बिरुद्ध बालेन र यी सबै फेसबुक पेजहरुबाट स्टाटस आउन सक्छ । बालेन भनेपछि कसैले बिरोध गर्न सक्दैन भनेर यिनीहरु आफ्ना अबैध धन्दाहरु चलाइरहेका छन् ।'

यति मात्रै होइन, बडालले मेयर साह र बेनले सामाजिक सञ्जालको दुरूपयोग गर्दै गाली गलौज गर्ने गरेको समेत आरोप लगाउनुभएको छ । 'उनी महानगरमा जनताले तिरोको राजश्वबाट मासिक तलव खान्छन् । उनको काम के थाहा छ रु महानगरमा वार्षिक बजेट अनुरुप काम नभएको कुरालाई विषयान्तर गर्न फेसबुकमा बालेन अन्य बिरुद्ध आगो ओकल्छन् । अनि बालेनतिर उठेका प्रश्न अरुतिर झोस्न यी कुमार बेन आफूले चलाएका फेसबुक पेजहरु मार्फत निकृष्ट गाली र फेक खबरहरु फैलाउँछन् ,' बडालको आरोप छ । 

पछिल्लो समय मेयर बालेनले प्रसङ्ग बिना नै सुकुम्बासी बस्तीमा बाढी पसेको घटनालाई जोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि नकारात्मक टिप्पणी गर्नुभएको थियो । सुकुम्बासी समस्या समाधान गर्नु भन्दा बस्ती उठाउने काम गर्न खोजेको र त्यस्तो नकसे पछि आरोपमा उत्रिएको भन्दै मेयर बालेनको आलोचना भैरहेको छ । 

सोही प्रसङ्गलाई लक्षित गर्दै बडालले लेख्नुभएको छ, 'आफू काम नगर्ने र आफूतिर आलोचना आउन सक्छ भनेर फेसबुक पेजहरु परिचालन गरेर आफूले गर्न नसकेको कामको दोष अरुलाई दिने । अब त आँखा खोल्नु पर्ने बेला भयो ।'

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ७ : ५८ बजे