‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रौतहटमा पाँच लाख बढीको अवैध सामान बरामद

रौतहट । रौतहट जिल्लाको विभिन्न स्थानबाट प्रहरीले ५ लाख रुपैयाँ भन्दा बढीको अवैध भारतीय सामानहरू बरामद गरेको छ।

तस्करहरुले भारतीय बजारबाट खरिद गरी चोटिलुकी भन्सार छलेर विभिन्न नाका हुँदै भित्र्याएको उक्त सामानहरू बरामद गरेको हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार १ लाख ९६ हजार बaराबरको चाँदीको गहनाहरू,१ लाख ५५ हजार ८ सय बराबरको लत्ताकपडा सवारीसाधन ,१ लाख २४ हजारको पशु चौपाया र ९७ हजार ७०० को किराना तथा खादान गरी कुल ५ लाख ५५ हजार ५ सय बराबरको अवैध सामान बरामद गरेको हो।

बरामद सामान तथा सवारीसाधन आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो समय तस्करी नियन्त्रण गर्न प्रहरीले पूर्ण सक्रियता देखाएको स्थानीयहरूले बताएका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : २६ बजे