सुनको मूल्यमा नयाँ कीर्तिमान

माओवादीद्धारा हत्या गरिएका  एमाले नेता छवि कार्कीको स्मृति कार्यक्रम 

काठमाडौं। माओवादीद्धारा हत्या गरिएका एमाले नेता  छविलाल कार्कीको सोमबार १४ स्मृति कार्यक्रम सम्पन्न भएको छ।  छविलाल स्मृति प्रतिष्ठान र एमाले ओखलढुङ्गा काठमाडौ सम्पर्क मञ्चको आयोजनामा राजधानीमा भएको सो कार्यक्रममा यस वर्षको एसइई परीक्षामा ओखलढुङ्गा जिल्लाबाट उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो। 

त्यसै गरी स्मृति कार्यक्रमको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो। ओखलढुङ्गाका लोकप्रिय नेता कार्कीको २०६७ सालमा माओवादीका कार्यकर्ताले ओखलढुङ्गाको निशंखेमा आक्रमण गरि निर्मम हत्या गरेका थिए। 

सोमबार  आयोजित कार्यक्रममा बोल्दै एमाले स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शान्ति प्रक्रिया स्थापना भएपछि माओवादीले हत्या हिंसा जारी राख्दा छविको हत्या भएको  स्मरण गर्नुभयो। 

एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले छविको हत्याले माओवादीलाई जहिले पनि पोलिरहने बताउनुभयो। त्यसै गरी एमाले ओखलढुङ्गाका अध्यक्ष जीवी खड्काले छविको सपना पुरा गर्न  ओखलढुङ्गामा एमालेको झन्डा फहराइ रहन आफूहरू लागि पर्ने बताउनु भयो। 

कार्यक्रममा बोल्दै पत्रकार जीवराम भण्डारीले कांग्रेस र एमालेबीच सरकार  बनाउन नयाँ समीकरण बनेको र  यदि यो असफल भए देशमा अर्को कोर्स सुरु  हुने चेतावनी दिनुभयो। 

 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ४ : १० बजे