सुनको मूल्यमा नयाँ कीर्तिमान

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

रूपन्देही । रूपन्देही तिलोत्तमा नगरपालिका-१५, मा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको  मृत्यु
भएकाे छ । 

टिहवा न्यू तिलोत्तमा मार्बल स्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपी ५६ एबी ०४७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक भारत महाराजगंज आदर्शनगर बस्ने ३० वर्षीय गोलु
मधेसियाको मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका मधेसियाको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि भारततर्फ लगिएको प्रहरीले बताएकाे छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १२ : ३६ बजे